CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका पूर्व जिल्ला सेक्रेटरी खिम खड्कासहित विभिन्न पार्टीका ५० जनाले एमाले रोजेका छन ।
रूपन्देहीमा भएको एक कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गर्नेलाइ एमालेमा स्वागत गरे ।
उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य विष्णु वि।क, अनेरास्ववियू क्रान्तिकारीका नवलपरासी अध्यक्ष सुशील परियार, युवा संगठन गुल्मीका अध्यक्ष कृष्ण ढकाल लगायत एमाले प्रवेश गरेका छन ।
सो कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए ।
ज्ञवालीले स्थानीय निर्वाचन समयमै गर्न दबाब दिन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने भनि मिति तय गरेपनि पार्टीले दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
उपमहासचिव ज्ञवालीले पार्टीका कार्यकर्तालाई अब स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह गरे । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा गुल्मी इञ्चार्ज दिनेश पन्थी,
नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल, नेकपा प्रदेश कमिटि सदस्य डा. गोकर्ण पन्थी, पार्टी प्रवेश गर्नेहरुको तर्फबाट खिम खड्का लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन स्थानीय कार्यकर्ताको महत्वपूर्ण भूमिका रहने बताए।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।