ओलीको रणनीतीमा यसरि तगारो बन्दै भीम रावल !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमाले नेपाली काँग्रेससँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने गरी गठबन्धनको कसरतमा देखिइसकेको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई समेत पदबाट हटाउने रणनीतिका साथ एमाले काँग्रेससँग गठबन्धन गर्न ठिक्क परेको छ । सापकोटालाई हटाउने विषय एमसीसीसँग जोडिएर आएको छ ।

तर, सापकोटालाई हटाउन सदनको दुई तिहाई सांसदको संख्या आवश्यक पर्छ ।  सापकोटालाई नहटाई एमसीसी टेबुल हुने अवस्था नबन्ने र एमसीसी पनि पारित नहुने अवस्था विकास भएको छ ।

त्यतिबेला काँग्रेस र एमाले मिलेमा पनि सभामुख हटाउने प्रस्ताव पारित हुँदैन । जसपा र लोसपाको साथ चाहिन्छ । तर, एमाले र जसपाभित्र पनि सभामुखविरुद्धको प्रस्ताव र एमसीसीविरुद्धको प्रस्तावको विपक्षमा सांसदहरु उभिने सम्भावना छ ।

एमालेमा भीम रावल खुलेरै एमसीसीको विपक्षमा छन् । उपेन्द्र यादव एमसीसीबारे खुलेका छैनन् । रावलले एमालेबाट १३ सांसदलाई तान्न सकेमा सभामुखविरुद्धको प्रस्ताव असफल हुनसक्छ ।

जसपाबाट पनि केही सांसद जोडिएमा रावलले १३ भन्दा कम सांसद जुटाएपुग्छ । विश्वस्त स्रोतका अनुसार भिम रावल सँग आफूसहित केही सांसदहरु छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विपक्षमा उभिने संख्या भने थपिन सक्छ । उनी यही मौकाको पर्खाइमा थिए र अब एमालेभित्र एमसीसीविरोधीको मोर्चा कस्न थालेका छन् ।

रावल बढीभन्दा बढी सांसदहरुलाई तान्न थालिसकेको बुझिएको छ । पछिल्लो समय केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा नसमेटेका सांसदहरु पनि रावलसँग नजिकिएका छन् ।

असन्तुष्टहरुले रावललाई साथ दिने बुझिएको छ ।  रावलको सक्रियताले उनी अबको राजनीतिक टकरावमा निर्णायक शक्ति बन्नेतर्फ बढिरहेका छन् ।

भिम रावलसँग १० वा सोभन्दा बढी सांसद भएमा अमेरिकी सहयोग सम्झौता (एमसीसी) र सभामुख हटाउने प्रस्तावको विषयमा निर्णायक शक्ति बन्नेछन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !