एमालेका ठुलै नेता माधवको नेकपा(एस)मा प्रवेश !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धनगढी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।

मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ ।

मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी, नेता गरिमा शाह लगायतले स्वागत गरेका थिए ।

सोही बैठकबाट जोरायल गाउँपालिका-६ का वडाध्यक्ष लालबहादुर साउद पनि एमाले छाडेर नेकपा एसमा प्रवेश गरेका छन् ।

देउवाका ज्योतिषले दिएका थिए बैशाख ३० गते चुनाव गर्न सुझाव – काठमाडौँ। ज्योतिषीसँगको परामर्शपछि बैशाखमा स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको खुलेको छ ।

प्रधानमन्त्री देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले बैशाख ३० गते निर्वाचन गर्न ठिक हुने सुझाव दिएको स्वीकार गरेका छन् ।

सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेपछि देउवाले ज्योतिषीसँग परामर्श गरेको खुलेको छ ।

देउवाले लागेका दुई मितिमध्ये बैशाख ३० गते उत्तम दिन भएकाले उनले यस्तो सुझाव दिएको खुलाएका छन् ।

बैशाख ३० गते शुक्रबार भएको र अमृत योग पनि परेकोले उनले यो मितिमा गर्न सुझाव दिएका थिए । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिने हुनाले आफूले यस्तो सुझाव दिएको उनको दाबी छ ।

देउवाले जेठ ४ वा बैशाख ३० कुन मितिमा चुनाव गर्न ठिक होला भन्दै रिजाललाई सोधेका थिए । यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !