देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच  करिब एक घण्टा छलफल भएको बताए ।

आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

यस्तै, काठमाण्डाै – कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भाेलि शुक्रवारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो । कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले हिजाे जारी गर्नुभएको सूचनामा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड पालना गरेर भाेलिदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !