झकबहादुर मल्लको घोषणा ‘देशमा गणतन्त्र ल्याउने महानायक प्रचण्ड नै हुन्’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का युवा नेता झकबहादुर मल्लले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा भएको क्रान्तिले नेपाली समाजलाई कायापलट गरेको बताएका छन् ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘त्यो क्रान्तिको उपलब्धिलाई बोध गरेर कमरेड प्रचण्डलाई साथ दिनुपर्छ भन्ने निश्कर्षमा पुगेका हौं । प्रचण्डलाई साथ दिनको लागि दुई तीन वटा कारण छन्, उहाँले नेपालको ईतिहासलाई गौरवपूर्ण रुपमा बदल्नुभयो ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महानायक कमरेड प्रचण्ड नै हो, नेपाली जनताको संकटको घडीमा उहाँमत्रै उभिनुभयो, उहाँको भविष्य नेपाली जनताले अभिभावकत्वको रुपमा हेरेका छन् ।’ उनले प्रचण्डकै कारण यो देशमा गणतन्त्र आएको र राजतन्त्र फाल्न सकिएको पनि दाबी गरे ।

महिला आयोगको कार्यालय स्थापनाका लागि सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता – लुम्बिनी  प्रदेश सरकारका  मुख्यमन्त्री  कुलप्रसाद  केसीले  राष्ट्रिय महिला आयोगको  संरचना  प्रदेशमा आवश्यक  रहेको  भन्दै  प्रदेशमा संरचना स्थापना  लागि  सरकारले सहयोग  गर्ने प्रतिवद्धता  व्यक्त   गरेका  छन् ।

बुटवलमा  आज राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रतिनिधिहरूसँग भेटघाट एवं वार्षिक प्रगति प्रतिवेदन ग्रहण गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् ।

मुख्यमन्त्री केसीले लैंगिक हिंसाका घटनाहरु तीव्र रुपले बढि रहेकाले यसलाई कानूनी रुपमा सहजीकरण गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिनिधिहरुसँगको कुराकानीका क्रममा उनले नेपालको संविधान २०७२ ले राष्ट्रिय महिला आयोग अन्तर्गतको संघीय आयोगको संरचना नै प्रदेशमा पठाउनुपर्ने बताए । प्रदेश र जिल्लास्तरमा समेत महिला आयोगको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले राष्ट्रिय महिला आयोगको संरचना निर्माणका लागि धेरै समय लागेको बताउँदै अब त्यसको संरचना र कार्यालय ७ वटै प्रदेशमा स्थापना गर्ने योजना सुनाइन् । उनले लुम्बिनी प्रदेशमा पनि छिट्टै प्रदेश कार्यालय स्थापनाको तयारी रहेको जानकारी दिइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु, राष्ट्रिय महिला आयोग कार्यालयका उप–सचिव चन्द्रा भट्टराई, मनोसामाजिक परामर्शदाता पार्वती सुवेदी समेतको उपस्थिति रहेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह  विश्वकर्माले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !