सचिन परियार र रबिना बसेलको दोस्रो गीत ‘रातो रबर’ सार्बजनिक (भिडियो सहित )

अहिलेका चर्चित भाईरल भाई सचिन परियार र बहिनि रबिन बसेल अभिनित दोश्रो गीत ‘रातो रबर’ गीतको म्युजिक भिडियो ‘शुभारम्भ डिजिटल म्युजिक’ युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

‘रातो रबर’ गीतमा सचिन र रबिनाको आवाज रहेको छ भने शब्द नेत्र अर्याल र संगीत खेम सेन्चुरीको रहेको छ। गीतको भिडियोमा रबिना र सचिनसंगै सरिक केसी, धुर्ब हिमाली, डि आर सुजन, सरस्वति फुयालको पनि अभिनय रहेको छ।

भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् भने बिकास ज्ञवालीले सम्पादन गरेका छन् साथै कोरियोग्राफी भने माधव श्रेष्ठले गरेका छन्।

भिडियो:

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !