युट्युव ट्रेन्डिङमा सचिन परियार र रबिना बस्यालको ‘रातो रबर’ (भिडियो सहित)

भाइरल बाल गायक सचिन परियार र बाल गायिका रबिना बस्यालको दोस्रो गीत ‘रातो रबर’ सार्वजनिक भएको छ ।

शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा आएको पछिल्लो समय टिक टक तथा सामाजिक सञ्जालमा भाईरल सचिन र रबिनाको रातो रबर युट्युव ट्रेन्डिङको ८ नम्बरमा रहेको छ ।

खेम सेन्चुरीको लय तथा नेत्र अर्यालको शब्द सृजनामा रहेको गीतलाई महेन्द्र भण्डारी ले एरेन्ज गरेर मालाश्री स्टुडियोमा गोबिन्द पराजुलीले रेकर्ड गरि खडक बाजुरालीले मिक्सिङ गरेको गीतको म्युजिक भिडियो लाई कपिल लामा ले निर्देशन गरेका हुन ।

सुरेश श्रेष्ठ ले छायांकन गरेर बिकाश ज्ञवालीले सम्पादन गरेको गीतको म्युजिक भिडियो मा सारीका के.सी.धुर्व हिमाली, डि.आर सुजन, सरस्वती फुयाल रबिना बस्येल, सचिन परियार, अमृत सापकोटा को अभिनय देख्न सकिन्छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !