कोसँग सल्केकी थिइ अब चेताउछु भन्दै हातमा च’क्कु र श्रीमतीको टाउको लिएर गाउँ परिक्रमा

काठमाडौ । कुनै अपराधका घटना शब्दमा लेख्नपनि आँट आउँदैन । फिल्ममा समेत त्यस्ता दृष्य समावेश गर्न सकिन्न ।

तर ग्रामिण भेगमा समेत फिल्मी शैलीमा अपराध भइरहेका छन् । यस्तो अपराध भयो जुन सुन्दामात्रपनि मन भित्र चीसो पस्छ ।

इरानबाट एउटा डरलाग्दो भिडियो भाइरल भइरहेको छ । जसमा एक पुरुष आफ्नी श्रीमतीको काटिएको टाउको बोकेर सडकमा हिँडिरहेको देखिन्छ । यो भिडियो हेरेपछि सबैको रोएको छ ।

कसैसँग अवैध सम्बन्ध रहेको भन्दै श्रीमानले श्रीमतीको ज्यान नै लिएर टाउको हातमा लिएर गाउँ परिक्रमा गरिरहेका छन् ।

इरानको समाचार एजेन्सी आइएसएनएका अनुसार १७ वर्षीया मोना हैदरीको इरानको दक्षिणपश्चिमी सहर अहभाजमा बिबाह भएको थियो । घरमा बसिरहेका बेला उनका श्रीमान र जेठाजु मिलेर उनको ज्यान लिए ।

भिडियो भाइरल भएपछि इरान स्तब्ध – घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । दुवैलाई सोधपुछ भइरहेको छ ।

इरानी पत्रपत्रिका र सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि अभियुक्तविरुद्ध जनतामा आक्रोशको वातावरण छ ।

इरानमा सुधारवादी पत्रिका डेली सजन्दगीले एक महिलाको टाउको काटिएको, सडकमा टाउको फालेको र अभियुक्तलाई आफ्नो कार्यप्रति लाज नमानेको भन्दै यस्तो अपराध कसरी स्वीकार गर्ने भन्ने बताएको छ ।

महिलाको ज्यान लिएको घटना दोहोरिन नपरोस् । यसका लागि सरकारले कडा कदम चाल्नुपर्छ भन्दै अधिकारकर्मीहरु सडकमा आएका छन् ।

इरानका चर्चित फिल्म निर्माता ताहमिनेह मिलानीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मोना गम्भीर समस्यालाई बेवास्ता गर्दा सिकार भइन् ।

यो अपराधका लागि हामी सबै जिम्मेवार छौं । मोना हैदरीको ज्यान लिइएको घटनापछि सुधारवादी वकिललाई फोन गर्ने क्रम बढेको छ । इरानमा घरेलु हिंसाबाट पिडित महिलाहरुले आवाज उठाइरहेका छन् ।

महिलाले घरेलु हिंसाविरुद्ध आवाज उठाए – यो घटनापछि पूरै इरानमा आक्रोश छाएको छ । दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सबैको माग छ । इरानमा मोना हैदरीको ज्यान लिइएपछि केटीहरुको विवाहको कानुनी उमेर बढाउन माग पनि उठेको छ ।

हाल इरानमा १३ वर्षको उमेरलाई कानुनी रूपमा विवाह गर्न योग्य उमेर तोकिएको छ। इरानी मिडियाका अनुसार मोना हैदरीको १२ वर्षको उमेरमा विवाह भएको थियो । ज्यान लिइएका बखत उनको तीन वर्षको छोरा पनि थियो । News Source :- न्यूज एजेंसी ISNA

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !