एमाले र लोसपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )sharethis sharing button

काठमाडौं । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केही नेता तथा कार्यकर्ता बिहीबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार लोसपा र एमालेका नेता तथा कार्यकर्तालाई पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गर्नुभएको हो।

मुख्यसचिव पौडेलका अनुसार बिहीबार नै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु गर्नुभएको हो।मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरको विज्ञप्ति

लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्वद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका तपसीलका व्यक्तिहरु आज विना शर्त नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।

उहाँहरुलाई आजै सभापति श्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु भएको छ ।

यसरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका— नगेन्द्र अग्रहरि (नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवार), जयप्रकाश सहनी (जिल्ला सचिव), मनोजकुमार गिरी, माया अग्रहरि (केन्द्रीय महिला विभागमा आवद्ध) र धिरज शर्मा (नेकपा एमाले रामग्राम नगर समितिका सदस्य) लगायतका हुनुहुन्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !