आले बिरुद्द कानुनी उपचारमा जाने याक एन्ड यतीको निर्देशन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – होटल याक एन्ड यतीले पाँचतारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एन्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी बापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो ।

निर्णय फिर्ता नभए कानुनी उपचारमा जाने उसले जनाएको छ । आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए । क्यासिनो संचालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एन्ड यतीले क्यासिनो नै सञ्चालन नगरेको उनको भनाइ छ ।

कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एन्ड यतीमा सञ्चालित क्यासिनो इजाजतपत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार

याक एन्ड यतीले निर्धारित म्यादभित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमतिपत्र खारेज भएको दाबी गरे । २०७१ मै इजाजतपत्र खारेज भएपछि होटल याक एन्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको कर्णले दाबी गरे ।

क्यासिनो रोयल्टी बापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !