प्रबिन बेडवाल र रचना रिमालको स्वरमा ‘तिमी कस्की छोरी’ सार्वजनिक (भिडियो सहित)

 गायक प्रबिन बेडवाल र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’ भिडियोसहित सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नायिका सुरक्षा पन्त र शम्भु घिमिरेको अभिनय रहेको छ ।

पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् ।

आरोन अशोककुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !