मधेस माओवादीमय बन्ने प्रचण्डको दाबी…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको भन्दै अब मधेस माओवादीमय बन्ने दाबी गरेका छन् ।

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रियालगत्तै भयानक हत्याकाण्डहरू मच्चाइएको बताए ।

प्रचण्डले गौर हत्याकाण्डको नाम लिएनन् तर रुपन्देही र कपिलवस्तुमा पनि हत्यकाण्ड मच्चाइएको र केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको दाबी गरे ।

प्रचण्डले भने, ‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो । त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो । त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’

आफूलाई मधेसका मसिहा भन्नेहरू केपी ओलीसँग साँठगाँठ गर्न पुगेको भन्दै अब मधेस प्रदेश र लुम्बिनी माओवादीमय हुने प्रचण्डले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !