CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना कुनै पनि हालतमा पास गर्न नहुने बताएका छ ।

सो पार्टीले विगतदेखि एमसीसीका विरुद्धमा अभियान चलाउँदै आएको छ । उक्त पार्टीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौँ,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ’ उनले भनिन ।

उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् । गठबन्धनमा रहेका ५ दल मध्य कांग्रेस मात्र एमसीसी पास गर्ने पक्षमा उभिएको छ भने अरु पार्टीहरुले निर्णय लिन सकेका छैनन् ।

माओवादी र एकीकृत समाजवादी पार्टीले संशोधन विना एमसीसी पास नहुने बताएका छन् भने जनता समाजवादी पार्टीमा यस विषयमा विवाद छ ।

उक्त पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई एमसीसी जस्ताको तस्तै पास गर्ने पक्षमा छन् भने अर्को अध्यक्ष उपेन्द्र यादव सशोधन विना पास गर्न नहुने पक्षमा छन् । यही कारण उनीहरुको पार्टी फुटको संघारमा छ ।

यता गठबन्धनकै एउटा दत राष्ट्रिय जनमोर्चाले भने सडक आन्दोलन गरिरहेको छ । उसले एमसीसी संशोधन होइन खारेज गर्नपर्ने बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सरकारको निर्णय पर्खिरहेको छ । सरकारसँग प्रयाप्त बहुमत भएकाले आफूहरुको यसमा आवश्यकता नभएको उसको तर्क छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।