ओलीको आरोप: स्थानीय निर्वाचन हुन नदिनेहरु गठबन्धनमै छन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाध्य भएको बताएका छन् ।

उनले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताएका छन् ।

शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको हो’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले निर्वाचनमा समस्या खडा गर्न खोज्नेहरू अहिलेको सत्ता गठबन्धनमा भएको भन्दै निर्वाचन हुन नदिनेहरु र नगराउनेहरु भएको बताए ।

‘प्रतिगमनसम्म देशलाई पुर्याउने, स्थानीय तहहरूको अवधि नथप्ने, प्रतिगमनका आधार तयार गर्नेहरु अहिलेकै गठबन्धनमा छन् र त्यो धन्दा र संयुक्त प्रयास प्रकट भइरहेको छ ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको आरोप छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !