CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् ।
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् ।
केपी शर्मा ओलीले एमाले एक्लै चुनाव लड्ने पनि बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ’, एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ ।
उनले चुनावी तालमेल नगर्ने भन्दै अघि भने, ‘हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षडयन्त्र र तिकड्म गर्ने तत्वहरुसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुँदैन । भ्रम नराखे हुन्छ । उनीहरुलाई नो इन्ट्री ।’
यो पनि – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताएका छन् ।
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले यो पटक हुने निर्वाचन सामान्य निर्वाचन नभएकाले यसको धेरै ठुलो अर्थ रहेको समेत बताए । ‘यो निर्वाचन निर्वाचन मात्रै होइन । यो मिति जनमत संग्रह नै हो ।’
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।