सभामुखलाई संसदमा एमसीसी रोक्ने अधिकार छैन : ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका छन् ।

शुक्रबार एमालेद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ शुभारम्भ कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसीसी पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका हुन् ।

उनले भने, ‘संसदमा एमसीसीस पेश नगरी नै सभामुखले रोक्न मिल्दैन, अनधिकृत बलमिच्याइँ गरेका छन् सभामुखले । यो गठबन्धनको पदलोलुपता हो ।

पहिलेको सभामुखले पनि अनाधिकृत क्रियाकलाप गरेको हो । अहिलेकाले पनि त्यही गरिरहेका छन् । त्यस्तो अनधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ कोही मान्छे पुग्छन् भन्दा शरम लाग्छ । सरकार यसप्रति गम्भीर होस भन्न चाहन्छु ।’

यसअघिका सभामुख कृष्णबहादुर महराले पनि पनि संसदको अधिकारभन्दा गएर एमसीसीलाई अनाधिकृत रुपमा रोकेको ओलीको भनाइ छ ।

एमसीसी संसदमा पेश भएपछि संसदले पारित गर्ने कि नगर्ने भन्ने छुट्टिने भन्दै संसदमा एमसीसी पेशै गर्न नदिनु ठीक नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले एमसीसीको विषयले मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको पनि बताए । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका नेता फरक फरक कुरा गर्ने र नेपाली जनतासँग पनि फरक फरक कुरा गर्ने गरेको भन्दै उनले त्यसको कडा आलोचना गरे ।

उनले भने, ‘एमसीसीका अधिकारीसँग सेप्टेम्बरमा चार पाँच महिनाको समय दिए पास गर्छौं भनेर किटानी कुरा गर्छन् । यता पास गर्नै हुन्न भन्छन् ।

सत्ता गठबन्धनकै नेता एउटा पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ ।अमेरिकासँग एक खाले, अरु देशसँग अर्कै खाले कुरा गर्छ, जनतासँग एउटा कुरा गर्छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !