कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा एमसीसीको विरुद्धमा खम्बा झैँ उभिए !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा जनस्तरबाटै विरोध भइरहेको छ । नेपाली कांग्रेसले राष्ट्रघाती संझौता जनतामाथि ताद्न खोजेको भन्दै चर्को आलोचना भइरहेको छ । तर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने यसको विरोध गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको भन्दै उनले विरोध गरेका हुन् ।

शर्माले बुधबार बालुवाटारमा पदाधिकारी बैठक बसी विभिन्न एजेन्डा तय गरेको भए पनि कार्यसम्पादन बैठकमा सभापति देउवाले एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको बताएका हुन्।

महामन्त्री शर्माले एजेन्डामै नरहेको एमसीसी विषयमा जबर्जस्ती छलफल गराएको आरोप लगाए। महामन्त्री शर्माले भने, ‘एक दिनअघि नै कार्यसम्पादन समिति बैठकमा छलफलका लागि एजेन्डा तय गरेका थियौं।

तर सभापतिज्युले बैठक सुरु हुनेवितिकै एमसीसीको विषयमा छलफल चलाउनुभयो। एमसीसी केन्द्रीत छलफलले अन्य विषयमा छाँयामा पर्यो।’

उनले पदाधिकारी बैठकमा स्थानीय निर्वाचन, भातृसंस्था र अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा छलफल गर्न एजेन्डा तय भएको बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !