‘एमसीसी पारित गराउन’ देउवाको ट्रयाप, को-को परे ट्रयापमा ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका प्रतिनिधि सभा सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेपछि राजनीतिक तरंग नै आएको छ । यो घटनाले अबको राजनीति सिधा रेखाबाट नबढ्ने निश्चित भएको छ ।

जबराविरुद्धको महाभियोग एमसीसीसँग जोडिएर आएको छ । प्रधानन्यायाधीश शेरबहादुर देउवाले एमसीसी पारित गर्ने रणनीति अनुसार सबैलाई ट्रयापमा पार्दै कदमहरु चाल्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी वार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको पालामा भएको संवैधानिक परिषदको नियुक्ति खारेजीलाई प्रतिष्ठाको विषय बनाएका थिए । यसका लागि जबरा बाधक बनेको उनीहरुको बुझाई थियो । उनीविरुद्ध महाभियोग लागेपछि निलम्बनमा परेका छन् ।

अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव र केही वरिष्ठ न्यायाधीशहरुविरुद्ध महाभियोग दर्ताको तयारी गरेका छन् । उनले यस्तो कदम चालेमा नयाँ घटना विकास हुनसक्छ ।

महाभियोगको अस्त्रहरु प्रहार हुन थालेमा देउवाका लागि बार्गेनिङ पावर बढ्न सक्छ । त्यस्तो अवस्थामा जो एमसीसीको पक्षमा आउँछ उसैसँग देउवाले हात मिलाउने सम्भावना छ ।

यसकारण देउवाले महाभियोगको अस्त्रले एमसीसी विरोधी देखि अलमलमा परेका सबैलाई ट्रयापमा पारेका छन् । अब कोही पनि एमसीसीबारे अनिर्णित हुने स्थिति नरहने देखिएको छ ।

एमसीसीको पक्षमा रहेका लोसपा अध्यक्ष महन्थ ठाकुर उत्साही देखिन्छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि एउटा निर्णय लिनुपर्ने वाध्यतामा पुगेका छन् ।

जसपा नेता डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा खुलेकै छन् । अब सबैले एमसीसीबारे अलमल गर्न नपाउने अवस्था विकास भएको छ ।

एमसीसी पारित गर्नुलाई देउवाले प्रतिष्ठाको विषय नै बनाएका छन् । उनले कुनै हालतमा एमसीसी पारित गर्ने भनेका छन् । एमसीसी पारित गर्नका लागि अब कस्ले मार्ग प्रशस्त गर्छ त्यसैसँग उनको समझदारी विकास हुने देखिन्छ ।

देउवाले यति छिटो महाभियोगको माहोल तयार गरेका छन् कि हस्ताक्षरकर्ता कतिपय सांसदहरुलाई यसको भेउ नै छैन । कतिपयले एमसीसीका लागि भन्दै हस्ताक्षर गरेका छन् ।

देउवानिकटस्थसँग किन प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाएको भनी हस्ताक्षरकर्ताले सोध्दा केही समय कुर्न भनिएको विश्वस्त स्रोतले बताएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !