CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव ढिला आएको बताएको छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व न्यायाधीश केसीले भने, “प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव पहिले नै आउनपुथ्र्यो । अलि ढिलो भयो ।
उहाँविरुद्ध बारले जुन १७ बुँदे आरोप लगाएको थियो, त्यो मोलपोतको खरदार, सुब्बालाई लागेको भए पनि जिब्रो टोक्नुपथ्र्यो । त्यस्तो आरोप लागेपछि उहाँ बस्नै हुन्नथ्यो ।
ढिलो भए पनि ९८ जना सांसदले आँट गरे । यसका लागि उहाँहरुलाई धन्यवाद दिनुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई त गोल्ड मेडल दिए पनि हुन्छ । रजत र कास्य पदक अरु नेताहरुले बाँडेर लिए हुन्छ ।”
प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु उचित हो त भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले थपे, “महाभियोग लगाउन सांसदले कसैलाई सोध्नुपर्दैन । महाभियोग खरिदार, सुब्बालाई लगाउने त होइन नि ।
बारले स्टडी गरेको कुरालाई हामीले हुँदै होइन कसरी भन्ने ? उहाँको पालामा भ्रष्टाचार मौलाएको, बिचौलिया फस्टाएको, भागबन्डा खोजेको आरोप यथार्थ नै हो । चोलेन्द्रशमशेर राणा भाग्यले त्यहाँ पुग्नुभयो तर भगवान्लाई पनि ढाँट्नुभयो ।
महाभियोग संविधानको व्यवस्था हो, खेल राजनीतिको हो । गठबन्धनसँग दुई तिहाइ छैन । विपक्षीलाई यसको पक्षमा मतदान गरेर आफू कानुनी शासनको पक्षपाती रहेको पुष्टि गर्ने अवसर छ ।”
राणा पदको पदावधि समाप्त भएपछि महाभियोग आकर्षित नहुने पनि उनले बतँए । उनले थपे, “महाभियोग भनेकै पदबाट हटाउनका लागि हो । संसद्ले काम गर्दागर्दै पदबाट हट्नुभयो भने उहाँमाथि अरु कारबाही हुन सक्छ ।”
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।