एमाले प्रवेश गर्नेको लर्को:दुई गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित माओवादीका १२०० एमाले प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रुपन्देही । रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।

तराईको राजनीतिमा प्रभावशाली नेता कार्यकतासहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।

केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् ।

एमाले रुपन्देही धकधईमा विशाल कार्यक्रम गरी उनीहरुलाई पार्टीमा स्वागत गरेको हो । ओमसतियाको सिंगो माओवादी कमिटी १ हजार २०० सदस्य सहित एमालेमा प्रवेशको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउदै उपाध्यक्ष पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।

एमाले नगएकाे सर्वदलीय बैठकमा संसद् सुरु गराउन पहल गर्ने सहमति: काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा संसद् सुरु गराउन गम्भीर पहल गर्ने सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।

उहाँले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद् सुरु गराउन बैठकले महत्त्वपूर्ण आधार प्रदान गरेको विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद् सुरु गर्न पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरूमा धेरै कोणबाट धेरै महत्त्वपूर्ण छलफल भएको छ । त्यसका साथ साथै राष्ट्रिय महत्त्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद् सुरु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

उहाँले एमालेले जुन विषय उठाएर जनताको सार्वभौम थलो संसद्लाई अवराेध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दाबीसमेत गर्नुभयो ।

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधीन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउनसमेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरू अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !