अश्लिल भिडियो भाइरल भएपछी मन्त्रि आलेले खोले वास्तविकता, के भने आलेले ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अश्लिल भिडियो सार्वजनिक भएपछि उनको सचिवालयले मुख खोलेको छ ।

मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का नेताविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरेको उनको भनाइ छ ।

मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भएर हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्र गरेको आरोप सचिवालयको छ ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

आलेले अश्लिल शब्दसहित गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले उनको राजीनामा माग गरेका छन् ।

पर्यटनमन्त्री प्रेम आलेको अश्लिल भिडियो भाइरल: काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएको छ । भारतमा बस्ने एक नेपालीलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै आलेले चर्को गाली गरेका छन् ।

उनको उक्त अडियो सार्वजनिक भएसँगै तत्काल बर्खासत गर्न चर्को दवाव परेको छ । भारतमा रहेका नेपाली नागरिकलाई मन्त्री आलेले अश्लिल गाली गलौज गर्दै अपहरण गर्ने धम्की दिएको रहष्य बाहिरिएसँगै बर्खास्तीको माग बढेको हो ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले यो विषयलाई चर्को रुपमा उठाएको छ । एमालेले मन्त्री तत्काल बर्खास्त गर्न माग गरेको छ ।

आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही गर्न माग भएको छ । एमाले सचेतक शान्ता चौधरीले मन्त्री आलेको हर्कत क्षम्य नभएको बताइन् ।

उनले भनिन्, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’

एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गरेकी छन् । सामाजिक सञ्जालमा अहिले मन्त्री आले पदमा बस्नै नमिल्ने भन्दै बर्खास्त गर्न चर्को दवाव परेको छ ।

संस्कृति मन्त्रीले बोल्ने भाषाले आम जनमानसमा कस्तो छाप पर्ला भन्दै धेरैले चर्को विरोध गर्दै तत्काल मन्त्रीपदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

दिएको अडियोको सत्यताबारे भने आलेले केही बोलेका छैनन् । मन्त्री आले निजगढ बिमानस्थलको भौतिक निरिक्षणका लागि त्यता तर्फ जाँदैछन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !