‘छापामार शैली’ मा एमसीसी पास गर्ने तयारी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो ।

प्रचण्ड र नेपाल दुवैले एमसीसीमा विरोध गरेकाले अपजस नलिने तर पारित गर्न देउवालाई रणनीतिक रुपमा साथ दिने भएका हुन् ।

पहिलो चरणमा एमसीसी सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्ने सहमति बनिसकेको छ । सापकोटाले आफू अम्पायर मात्र भएको निर्णयकर्ता दलहरु भएको भन्दै संकेत गरिसकेका छन् ।

एमसीसी टेबल भएपछि उपयुक्त समयमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी समेत भएको छ । एमसीसी टेबल भएपछि एमालेले सदन अवरुद्ध नगर्ने बुझाई समेत सत्ता गठबन्धनको छ । एमसीसीमा विगतमा पक्षमा रहेको एमालेलाई अब विपक्षमा प्रस्तुत हुन अप्ठ्यारो नै छ ।

माओवादी र नेकपा एसले एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा अनुपस्थित जनाउने र उपस्थित संख्याको बहुमतबाट पारित गर्ने रणनीति समेत तयार भएको छ ।

एमालेका सांसदहरु उपस्थित भएर पक्षमा बहुमत नपुग्ने भएमा नेकपा एस र माओवादीका आवश्यक मतहरु क्रस गरेर भएपनि एमसीसी पास गर्ने सम्मको तयारी भएको बुझिएको छ ।

प्रचण्डले ‘छापामार शैली’ मा प्रधानन्ँयायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने प्रस्ताव दर्ता गराउन सकेको र एमसीसीमा पनि त्यही शैलीमा पारित गराउने अवस्था ल्याउनसक्ने सम्भावना पनि देखिएको छ ।

प्रचण्डले सभामुखविरुद्ध सम्भावित हटाउने प्रस्ताव रोक्न सकेका छन् । अर्कोतर्फ, ओलीलाई अप्ठ्यारो पार्ने देखि संवैधानिक निकायमा ओली प्रधानमन्त्री हुँदा भएका नियुक्ति अदालतबाट बदर गराउने सफलता हासिल गर्ने अपेक्षा समेत गरेका छन् ।

अहिले प्रचण्डले छापामार शैलीमा ओलीलाई एकपछि अर्को अप्ठ्यारो पारिरहेका छन् । जनयुद्ध दिवसकै दिन १ फागुनमा प्रचण्डले छापामार शैलीमा ओलीमाथि प्रहार गर्न सके । यसबाट उनले एक तीरबाट धेरै शिकार गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !