CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौ । नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुशी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुशी लागेको उनले प्रतिक्रिया दिए ।
छविले भने, ‘मैले भर्खर समाचार हेरेर उहाँको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’
छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए ।
हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।
आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो । बलराम अमेरिका निवासी व्यवसायी हुन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।