दिपक श्रेष्ठको ‘घिन्ताङ’मा एलिजा र गौरव अनुबन्धित

काठमाडौं । निर्देशक दीपक श्रेष्ठ चलचित्र निर्देशनमा फर्किएका छन् । ‘घिन्ताङ’ नामकरण गरिएको चलचित्र छिट्टै नै छायाङ्कनमा जाने तयारी रहेको छ ।वाचा, रङ वे, वीर लगायत फिल्म निर्देशन गरेका श्रेष्ठले भर्खरै अभिनयमा पाइला टेकेकी नायिकालाई लिएर चलचित्र बनाउँदै छन् ।अनुराग डेब्यु नायिका एलिजा गौतमलाई लिएर उनले सहमति पत्रमा हस्ताक्षर समेत गराइसकेका छन् ।

गौतमको पहिलो चलचित्र सफल हुन नसके पनि पछिल्लो समय म्युजिक भिडियोमा मन पराइएकी मोडलको रूपमा परिचित छन् ।चलचित्रको मुख्य पुरुष पात्रको भूमिकामा भने गौरव पहारी हुने भएका छन् । विपिन कार्कीसँग सहकार्य गर्ने श्रेष्ठको प्रयास कार्कीको व्यस्तका कारण सफल हुन नसकेपछि उनको रोजाइमा पहारी परेका हुन् ।

कोरोना भाइरसका कारण ठप्प फिल्म क्षेत्रमा नयाँ निर्माता, निर्देशक आउन डराएको अवस्थामा एकपछि अर्को गर्दै पुराना चलचित्रकर्मी फर्किन थालेका छन् ।अनुभवी व्यक्तिहरूको आगमन सँगै चलचित्र क्षेत्र केही मजबुत हुने चलचित्रकर्मी तथा समीक्षकको अपेक्षा रहेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !