सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले किन गएन् ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रतिनिधिसभा संसदको बैठक अगाडि बुधबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिनुभएको हो ।

‘संसदीय काम, कारबाहीमा भाग लिने र छलफल गर्ने वातावरण नै उहाँहरुले बनाउनुभएन । सभामुखद्वारा पनि हाम्रो कुराको सुनुवाई भएन ।’, एमाले सहभागी भए पनि त्यसको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा संसद पुर्नस्थापना भएदेखि नै एमालेले १४ जना सांसदको कारबाहीको माग राख्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ ।

बुधबार बस्ने संसदको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालगायतका विषय टेबल हुने भनिए पनि एमालेले यसमा सकारात्मक धारणा देखाएको छैन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !