बानेश्वोरमा प्रदर्शनकारी बाट बालबाल बाँचे गगन थापा, अमेरिकी दलाल भन्दै थापालाई…

काठमाडौं । एमसीसीको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको थियो । प्रहरीको हस्तक्षपका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो ।

एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादी केन्द्रको भ्रातृ संगठन लगायतले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो ।

माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको थियो । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको हो।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका हुन् ।

प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई घेरा हालेका थिए । अमेरिकाका दलाल भन्दै प्रदर्शनकारीले घेरेपछि प्रहरीका डिएसपीले बालबाल बचाएका हुन् ।

एमसीसी अनुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को विरोध भएको थियो । थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीले घेरा हालेका हुन् ।

यस्तै, काठमाडौँ – सर्वोच्च अदालतबाट नेकपा एमालेका लागि अर्को दुःखद खबर प्राप्त भएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणाविरुद्धको रिट दरपिट गर्र्ने निर्णय सच्याउन आदेश आएपछि एमालेलाई झट्का लागेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज परमादेश जारी गर्दै रिट दर्ता गर्न भनेको हो ।

संविधान र कानुनको ब्याख्यासम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै गर्न नपाउने गरि प्रशासनिक तहबाट नै निवेदन दरपिठ गरि टुंग्याउनु उचित नहुने भन्दै सर्वोच्चले रिट दर्ता गर्न आदेश गरेको हो ।

आदेशमा स्थानीय तहका पदाधिकारीहरुको पदावधि कहिलेसम्म रहने हो भन्ने संविधान र कानुनमा रहेका प्रावधानको ब्याख्या गरि निरुपण गर्नुपर्ने प्रश्नउपर न्यायिक विवेक प्रयोग गरि इजलासबाट सुनुवाई भै निरुपण हुनु नै मनासिव हुने उल्लेख छ ।

सरकारले ०७९ असार ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकेपछि उक्त मितिमा चुनाव हुँदा आफ्नो पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले रिट दर्ताका लागि लगेका थिए ।

तर, सर्वोच्चका रजिष्टारले रिट दर्तायोग्य नरहेको भन्दै माघ २६ गते दरपीठ गरिदिएका थिए । नेकपा एमालेले चुनाव नगर्न षड्यन्त्र स्वरुप आफ्ना मान्छेलाई अदालत पठाएको भन्दै विरोध गर्दै आएको छ ।

एमाले तोकिएकै मितिमा चुनाव होस भन्ने पक्षमा छन् । तर कांग्रेस, माओवादी र एकीकृत समाजवादी भने चुनाव ६ महिना पर धकेल्न चाहेका छन् ।

माओवादीले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै समयमा गर्न प्रस्ताव गरेको थियो । यो प्रस्ताव एकीकृत समाजवादीले स्वीकार गरेको थियो भने एमाले कांग्रेसले अस्वीकार गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !