प्रेम आलेको दाबी ‘अरुले ५ वर्षसम्म गर्न नसक्ने काम मैले ५ महिनामै गरें’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताएका छन् । निजगढ विमानस्थल निर्माणमा विलम्ब नहुने र बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्ने जनाइएको छ ।

रुख काट्ने काम पनि द्रुत गतिमा सुरु गर्ने आलेको भनाई छ । रिपोर्टर्स क्लब नेपालले बाराको सिमरामा आज आयोजना गरेको साक्षात्कारमा मन्त्री आलेले प्रधानमन्त्रीले समेत विमानस्थल बनाउन साथ दिएको स्पष्ट पारे ।

उनले भने, ‘माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग बालुवाटारमा गठबन्धनका नेताको उपस्थितिमा यो विषयमा छलफल गर्नुभएको थियो, सबै सरोकारवाला मन्त्रीसँग बसेर छलफल भएको थियो ।

त्यतिवेला छिट्टै निजगढमा जानुपर्छ भन्ने कुरा भएको थियो । हिजोमात्रै माधव नेपाल, रामचन्द्र पौडेललगायत माननीय ज्यूहरु यहाँ स्थलगत अवलोकनको लागि आउनुभयो ।’

काठमाडौंमा आयोजित साक्षात्कारमा उनले वरिष्ठ नेता, मन्त्री, सांसदको उपस्थितिमा हिजोमात्रै स्थलगत अवलोकन गरिएको बताए । उनले भने, ‘पहिले वनमन्त्री हुँदापनि आएको थिएँ ।

त्यतिवेला पर्यटमन्त्री भानुभक्त ढकालसँग आएको थिएँ, रुख कटान गर्न पहल गरिदिउँ भन्नुभएको थियो, त्यतिवेला मैले बजेटको सुनिश्चितता हुनुपर्‍यो भनेको थिएँ ।’

उनले काम गर्नका लागि मन्त्री भएको भन्दै अरुले पाँच वर्षमा गर्न नसकेको काम पाँच महिनामा गरेर देखाएको पनि दाबी गरे । उनले भने, ‘पाँच वर्षमा कुनै मन्त्रीले गर्न नसकने काम मैले ५ महिनामा गरेको छु ।

टाँगिया बस्तीका सबै ढुक्क हुनुहोस, माधव नेपालले त सुरुदेखि नै विमानस्थल निर्माणको कुरा गर्दै आउनुभएको छ, निर्माण प्रक्रिया सुरु हुन्छ, माधव नेपालको त ड्रिम प्रोजेक्ट हो । भन्ने मात्रै होईन, एक्शनमा गर्ने हो ।’

उनले निजगढ विमानस्थलका लागि अर्थमन्त्री जनार्दन शर्माले बजेटको व्यवस्था गर्छु भनेर भनेको पनि बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि यही कुरा भन्नुभएको छ । अब हामी रुख हटाउने काममा लाग्छौं ।

अर्कोतर्फ टेण्डर गरेर काम अघि बढाउँछौं । हामीसँग धेरै खालका मोडेल छन्, कसरी बनाउने भन्नेबारे छलफलमा छौं । नेपाल सरकारको बजेटबाट बनाउने हो भने क्यानअन्तर्गत अघि बढ्छौं । बाहिरको पैसा पनि ल्याएर काम गर्न सक्छौं ।’

उनले चुनावभन्दा अघि नै वस्तीको उचित स्थानान्तरणको काम सुरु हुने विश्वास दिलाए । उनले भने, ‘यहाँ स्थलगत अवलोकनमा आउनुभएको नेताले एक महिना भन्दै हुनुहुन्छ ।

म १५ दिनमै काम अघि बढाउँछु । चुनाव आयो भनेर काम नै नगर्नु त रु क्यासिनोले तिर्न बाँकी रहेको करोडौं बक्यौता रकम उठाएको छु ।’

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम आफ्नो पालामा सुरु भयो भने ५र६ वर्षमा सम्पन्न भैसक्ने विश्वास दिलाए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !