“एससीसी कुनै अपराध होइन, यसलाई गलत भन्नेहरू नै गलत हुन्”: डा. रामशरण महत

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. रामशरण महतले अमेरिकी विकास अनुदान एमसीसीबारे भइरहेका आलोचनामा कुनै सत्यता नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “विगतदेखि अहिलेसम्मका जति पनि सरकार छन्, ती सबैले एमसीसीसँग लेखापढी गरेका छन् ।

तर अज्ञानता वा गुटगत स्वार्थका आधारमा एमसीसी गर्नु अपराध हो भनेर भ्रम फैलाएका छन् । यस्तो आलोचनामा कुनै सत्यता छैन । अमेरिका त नेपाललाई पहिलो पटक वैदेशिक सहयोग गर्ने मित्रराष्ट्र हो ।”

कांग्रेस नेता डा. महतले एमसीसी बीआरआईको खिलाफमा नआएको पनि प्रस्ट पारे । उनले थपे, “अहिले चीनसँग अमेरिकासँग सम्बन्ध बिग्रेको छ । त्यसैले अमेरिकासँग नेपालको सम्बन्ध हामी पनि बिगारौँ भन्ने भए बेग्लै कुरा हो नत्र बीआरआईको खिलाफमा एमसीसी आएको भन्नु झूट हो ।

एमसीसीले कुनै पनि वैदेशिक आर्थिक सहायताका लागि व्यवधान गर्दैन । एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग होइन । एमसीसी सन् २००३ मा आएको हो । रणनीति बनेको चार वर्ष पनि भएको छैन । हामी बीआरआईको सहयोग लिन तयार छौं । अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्छौं, चीनसँग पनि राम्रो सम्बन्ध राख्छौं ।”

एमसीसी पारित नहुँदा मुलुकलाई ठूलो नोक्सानी हुने दाबी गरे । उनले भने, “पटक पटक माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरेको हो । चीनलाई खुसी पार्न एमसीसीको विरोध गरेको भए बेग्लै कुरा हो ।

यसमा जनताको विरोध छ भन्नु पनि झूट कुरा हो । हिजो ठूलो पार्टी एमालेले संसद्मा लगेकै हो । लोसपा, जसपा पनि समर्थनमै छन् । पारित हुन्छ भन्ने विश्वास छ । यो अनुदान अनुमोदन भएन भने मुलुकलाई नोक्सान हुन्छ ।”

एमसीसी सम्झौतालाई गलत भन्नेहरु नै गलत भएको डा. महतको आरोप छ । उनले थपे, “केही राजनीतिक स्वार्थका कारण पूर्व एमाले, माओवादीहरुले अमेरिकी सेना नेपालमा आउँछ भन्ने गलत र भ्रमपूर्ण प्रचार गरेका छन् ।

बुझेका मानिसले यसको आलोचना गरेका छैनन् । मैले त जानेको कुरा भन्ने हो । सरकारमा बस्ने छाड्ने, बस्ने उनीहरुकै कुरा हो । एमसीसी किन फिर्ता पठाउने ? नेपाललाई नोक्सान हुने भए पो फिर्ता पठाउने ?”

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !