CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं। नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
विहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरु बिची करिब एक घण्टा कुराकानी भएको थियो ।
उनले भने, ‘एमसीसीको विषयमा कुराकानी भएको हो । तर उहाँहरुकै बीचमा कुरा छिनिएको छैन । त्यसैले उहाँहरुको कुरा छिनिए पछि बल्ल एमालेले धारणा बनाउछ भन्नेर अध्यक्ष ज्यूले भन्नु भएको छ ।’
माओवादीले यथास्थितिमा जबरजस्ती एसमीसी टेबल गरिए सरकार छोड्ने चेतवानी दिएपछि काँग्रेसले एमालेसँग सम्वाद बढाएको छ । आज पाँच बजे सत्तारुढ पाँच दलको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन् ।
काँग्रेस नेता रिजालसँगै महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर संवादमा रहेको बुझिएको छ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।