सकियो गठबन्धनको बैठक, एमसीसी बारे के निर्णय भयो ? पारित हुन्छ कि हुँदैन ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन् । बैठक भोलि पनि बस्ने जनाईएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा मुलुकको विकसित राजनीतिक घट्नाक्रमबारे छलफल भएको जनाए ।

उनले भने,”संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएको छ, बैठक भोलि विहान १० बजे फेरि बस्नेछ । थप निर्णय बैठकले गर्नेछ ।”

एमसीसी फागुन १६ गतेसम्म पारित गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको पनि मन्त्री कार्कीले सुनाए । उनले एमसीसीलाई फागुन १६ गतेभित्र नै निश्कर्षमा पुर्याउने भनेर आजको छलफल केन्द्रित भएको सुनाए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !