प्रचण्डलाई जसले बोक्यो उसलाई चिलाउन सुरु हुन्छ: गोकुल बास्कोटा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काभ्रे । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काउसोको संज्ञा दिनुभएको छ । प्रचण्डलाई जसले बोक्यो उसलाई चिलाउन सुरु हुने उहाँको तर्क थियो ।

धुलिखेल नगरपालिकाको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रचण्डकै कारण तत्कालिन केपी ओली नेतृत्वको सरकारले राम्रोसँग काम गर्न नपाएको र अहिले गठबन्धनमा पनि त्यहि देखिएको बताउनुभयो ।

एमसीसीका विषयमा अमेरिकालाई लेखेको पत्रका विषयमा प्रचण्डले आम नागरिकलाई स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा एमाले नेता बास्कोटाले अदालतले राजनीति सुरु गरेको आरोपसमेत लगाउनुभयो । अदालतको राजनीति गर्नु दुर्भाग्यपूर्ण खेल भएको उहाँको भनाइ थियो । न्यायाधीशलाई राजनीति नगरी न्याय सम्पादन गर्न उहाँको सुझाव थियो ।

हरि खड्काले नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको ठहर : काठमाडौं । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ ।नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा दायर मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नक्कली प्रमाणपत्र पेस गरी उनले २०५५ कात्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको अख्तियारको दाबी थियो । खड्का राष्ट्रिय फुटबल टोलीबाट सबैभन्दा धेरै १३ गोल गर्ने खेलाडीमध्येका एक हुन् ।

खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् । खड्का अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभागका प्रमुखका रूपमा कार्यरत छन् ।

खड्काले नेपाल पुलिस क्लबबाट लामो समय फुटबल खेलेका थिए । दोषी खड्काँलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !