CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौँ । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा मर्ज भएको छ ।
शाही लगायतको समूहलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराए ।
शाही सहित उनको अभियानका करिब ४५० जना राप्रपामा प्रवेश गरेका छन् । लिङदेनले शाहीलाई माला लगाइदिनुका साथै राप्रपाको झण्डा प्रदान गरेका थिए ।
शाही राप्रपामा प्रवक्ता बन्ने गरी भित्रिएका हुन् । यसअघि भ्रष्टाचारविरोधि अभियन्ताका रुपमा चिनिएका उनी अब राजतन्त्रको एजेन्डालाई आत्मसात गर्दै मुलधारको राजनीतिमा आएका छन् ।
भारतलाई फुटाएर नयाँ देश ‘उर्दिस्तान’ बनाउन आह्वान: काठमाडौं। भारतमा केही समयदेखि मुस्लिमहरुको पहिरन ‘हिजाब’का कारण विवाद चर्किएको छ ।
यो विवादमा सिख फर जस्टिस नामक संगठनका प्रमुख गुरपरवंत सिंह पन्नुले मुस्लिमहरुलाई भारत फुटाउन आह्वान गरेका छन् । भारतले किख फर जस्टिस नामक यो संगठनलाई आतंकवादी संगठन घोषित गरेर प्रतिबन्ध लगाएको छ ।
पन्नुले भारतका मुस्लिमको नाममा एउटा भिडियो जारी गरेका छन् । यो भिडियोमा उनले मुस्लिमहरुलाई हिजाब अभियान सुरु गर्न र आफ्नो लागि छुट्टै देश उर्दिस्तान बनाउन आह्वान गरेका छन् ।
उनले आफ्नो संगठन पनि छुट्टै देश खालिस्तानको लागि लडिरहेको बताउँदै मुस्लिमहरुको उर्दिस्तान बनाउने अभियानको लागि फण्डिङ गर्ने बताएका छन् ।
पन्नुले मोदीको भारतमा हिजाबलाई प्रतिबन्ध लगाइएको बताउँदै भने ‘भारतमा २०० मिलियन मुस्लिम बस्छन् । आज हिजाब छ भोलि यो अजान नमाज र कुरान हुनेछ ।
मोदीको भारत हिन्दू राष्ट्र बन्न चाहन्छ ।’ पन्नुले मुस्लिमहरुलाई हिजाब रिफरेन्डम अभियान सुरु गर्न र यसको माध्यमबाट उर्दिस्तान नामको नयाँ देश बनाउन आह्वान गरे ।
सिख फर जस्टिस खालिस्तानी संगठन हो जसको मुख्यालय अमेरिकामा छ । २०१९ मा भारतले यो संगठनलाई गैरकानुनी घोषणा गरेको थियो । यो संगठनका सदस्य भारतीय जाँच एजेन्सीको राडारमा छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।