आउदो निर्वाचनमा पानीमुनि गए पनि ‘स्वार्थी गठबन्धन’लाई एमालेले छोड्दैन: ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको आयु बढीमा एक वर्ष मात्रै रहेको बताएका छन् ।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गरे ।

सत्तारूढ पाँचदलीय गठबन्धनलाई स्वार्थी भन्दै उनले उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि एमालेले नछाड्ने बताए ।

“अब एक वर्षभित्र चुनाव हुनैपर्छ । पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो आयु । संसारभरिका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– यो सरकारको आयु बढीमा एक वर्ष हो ।”

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दुरूपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको पनि बताए । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिनेगरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए ।

ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कन पनि आग्रह गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरूलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।

“राम्री केटी देखेपछि छ्वास्स टाउकोमा सिन्दूर हालेर भाग्ने । के भो, के भो भन्दाभन्दै ह्वाँ’ पुगिसक्यो । माइतीहरू सिन्दूर हालिहाल्यो खोजेर सिन्दूर लाउने कहिले माकुनले सिन्दूर हालिदिएको छ झुक्याएर ।

कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ, सिन्दूर । कहिले कांग्रेसले हालिदिएको छ । आउनुस्, तिनीहरूले झुक्याएर हालिदिएका सिन्दूरहरू छोडिदिनुस् । एमालेका आउनुस्, देश बनाउने अभियानमा लागौँ,” ओलीले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !