भ्रष्टाचारी जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउने छौः ज्ञानेन्द्र शाही

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउन आवाज उठाइरहने घोषणा गरेका छन ।

राप्रपाको प्रवक्ता बनेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा शनिबार पोखरा पुगेर शाहीले भने,‘भ्रष्टाचार गर्ने छन् भने आफ्नै पार्टीको व्यक्तिको पनि बिरोध गरिन्छ ।’ आफ्नो पार्टीले भ्रष्टाचार रोक्न सशक्त अभियान छेड्ने उनले बताए ।

पोखरामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पुर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी थिए । उक्त कार्यक्रममा बिश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खराल राप्रपामा प्रवेश गरेका थिए ।

पार्टी अध्यक्ष लिङ्देनले खराललाइ फुलमाला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन आएका कार्यकर्ताहरु शाहीसंग सेल्फी खिच्न धुइरिएका थिए ।

ज्ञानेन्द्र शाही सहित ४५० जना राप्रपामा प्रवेश: काठमाडौँ । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा मर्ज भएको छ ।

शाही लगायतको समूहलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराए ।

शाही सहित उनको अभियानका करिब ४५० जना राप्रपामा प्रवेश गरेका छन् । लिङदेनले शाहीलाई माला लगाइदिनुका साथै राप्रपाको झण्डा प्रदान गरेका थिए ।

शाही राप्रपामा प्रवक्ता बन्ने गरी भित्रिएका हुन् । यसअघि भ्रष्टाचारविरोधि अभियन्ताका रुपमा चिनिएका उनी अब राजतन्त्रको एजेन्डालाई आत्मसात गर्दै मुलधारको राजनीतिमा आएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !