एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ : गगन थापा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना (एसमीसी) संसदमा पास हुनेमा ढुक्क रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दैै सांसद थापाले सत्तारुढ गठबन्धनका दलहरुले डबल स्ट्यान्डर्ड छाड्नुपर्ने बताएका हुन् ।

एमसीसीको विरोध गरिरहेका प्रमुख प्रतिपक्षी दल एमालेका नेता डा. भीम रावलले एमसीसी राष्ट्रघाती भन्ने हो भने केपी शर्मा ओली मुर्दावाद भन्नुपर्ने भन्दै टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उक्त सम्झौता संसदबाट अनुमोदन गर्ने भन्ने प्रावधान राखेको बताउँदै त्यस्तो टिप्पणी गरेका हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !