एमसीसी टेवुल गर्ने र कार्यकर्ता उफार्दै पुलिस लाएर चुटाउने माधव नेपाल: बास्कोटा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सत्ता गठबन्धनका नेताहरुले अनेक चरित्र प्रर्दशन गरेको टिप्पणी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले सामाजिक स‌जालमा लेख्दै एमसीसी पास गरेरे छाड्छु भन्ने देउवासँग गठबन्धन गर्ने माधव नेपालको अनेक चरित्र प्रस्तुत भइरहेको बताइएका छन् ।

‘एमसिसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउबासंग सत्ता गठबन्धन गर्ने माधब–पुकदा, संसदा टेवुल गर्न सहमति दिने पनि उनै ।

सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै । दमन भो भन्ने पनि उनै। कम्फरटेवलको अर्थ त बल्ल बुझियो,’ बास्कोटाले भनेका छन् ।

सत्ता गठबन्धनको नेताहरुको असन्तुष्टिका बीच आईतबार एमसीसी संसदमा टेबुल भएको छ । एमसीसीको टेबुल गरेको बिरोधमा सत्ता पक्षकै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरुले संसद भवन नयाँ बानेश्वरमा प्रर्दन गरेका थिए । जस क्रममा उनीहरुको नेपाल प्रहरीसँग झडपको स्थितीसम्म पुगेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !