नायक सौगात मल्ल फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्दै

नायक सौगात मल्लले ‘दि सेक्रेट्स अफ राधा’ नामक चलचित्र निर्माण गर्दै छन् । उनले निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् ।

सौगात मल्लकै मुख्य भूमिका रहने चलचित्र सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरमा बन्न लागेको हो । यस फिल्मको यतिबेला धमाधम वर्कशप चलिरहेको छ भने माघको अन्तिम सातादेखि छायांकन सुरु हुने बताइएको छ ।

यस्तै फिल्मको कथा साथै फिल्ममा अन्य कलाकार को-को रहनेछन भन्ने कुरा पनि केहि खुलाइएको छैन । फिल्मको सम्पूर्ण जानकारी केहि दिनमा पत्रकार सम्मेलन गरेर दिने बताइएको छ । सौगातको डेब्यु निर्माण कस्तो रहला त्यो समयले बताउने छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !