CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् ।
उनले सरकारलाई दिएको समर्थन पनि आज/भोलिभित्रै फिर्ता लिईने बताए । आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले आफूले हिजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारबाट बाहिरिनुपर्ने सल्लाह दिएको स्मरण गराए । तर, आज/भोलि नै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको उनले खुलासा गरे ।
एमसीसी जसरी पनि फेल गराउनेगरि आफूहरु अघि बढेको पनि उनको टिप्पणी छ । उनले नेकपा (एमाले) सँग फेरि माओवादी केन्द्रको सहकार्य हुनसक्ने पनि विश्वास दिलाए ।
यसको लागि अहिले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका नेताहरुसँग छलफल भैरहेको उनले जनाए । उनले आफूहरुले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अल्पमतमा पर्ने पनि बताए।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।