नेकपा (एस) का झलनाथबाहेक सबै नेता एमसीसीको पक्षमा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी पास वा फेलको लागि हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ ।

पछिल्लो समय पार्टीमा सांसदहरुलाई स्वतन्त्र छोड्नुपर्ने मत हावी भएपछि नेतृत्व पनि यही निश्कर्षमा पुगेको बताईएको छ । सांसद मेटमणि चौधरीले पनि आफ्नो पार्टीले सांसदहरुलाई एमसीसीको विषयमा संसद्मा ह्वीप नलगाउने स्पष्ट पारिसकेका छन् ।

नेकपा (एस) मा पछिल्लो समय एमसीसीको पक्षमा मत बलियो भएको एक नेताले जनाए । अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको पक्षमा पार्टीलाई उभ्याउनुपर्ने दबाब दिएका थिए ।

सोहीअनुसार अध्यक्ष नेपालले गठबन्धनको बैठकमा पनि एमसीसी सदनमा टेबुल गर्न सहमति दिएका थिए । हिजो बसेको सचिवालय बैठकमा पनि पार्टी एमसीसीको विपक्षमा गए ठूलो क्षति व्यहोर्नुपर्ने निश्कर्ष निकालिएको छ ।

सम्मानित नेता झलनाथ खनालबाहेक सबै नेताहरु एमसीसीको पक्षमा उभिने निर्णयमा पुगेको एक नेताले जनाए । एमसीसीबारे फागुन १२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल गराउने सभामुख अग्निप्रसाद सापकोटाको तयारी छ ।

अमेरिकाले फागुन १६ गतेभित्रै एमसीसी पास गराउन दबाब दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धनमा सहमति गराएर नै एमसीसी पास गराउनेगरि लागिपरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !