बाहिरियो होम दवाडीको अर्को कर्तुत, चलाउँछन् यस्तो धन्दा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – अस्ट्रेलियन एजुकेशन कन्सल्टिङका सञ्चालक होम दवाडीले नेपालमा ठगी गरेको रकम फिर्ता गर्न अस्ट्रेलिया पैसा उठाइरहेको खुलासा भएको छ ।

नेपाली युवाहरूबाट लाखौँ रकम उठाएर अस्ट्रेलिया फरार भएका दवाडीले त्यहाँ पनि नेपाली युवासँग पिआर मिलाइदिने भन्दै रकम उठाएको पाइएको हो ।

उनले एक जना व्यक्तिबाट ६५ हजार अस्ट्रेलियन डलर अर्थात् नेपाली ६० देखि ७० लाख रुपैयाँ उठाइरहेका छन् । दवाडीलाई पैसा दिएका मध्ये ४ जना मोटिभेट न्यूजको सम्पर्कमा आएका छन् ।

गोप्य रूपमा सम्पर्कमा आएका उनीहरूले आफूलाई दवाडीले बन्धक समेत बनाएको आरोप लगाएका छन् । पश्चिम नेपालका सोझा र इमानदार युवाहरूलाई अस्ट्रेलिया पुर्‍याइदिने भन्दै २० देखि ४० लाख रुपैयाँसम्म असुलेर उनी फरार भएका थिए ।

आजभन्दा तीन वर्ष अगाडि नेपाली युवाहरूलाई कसैलाई डिपेण्डेन्ट मिलाइदिने, कसैलाई भिजिट भिसा मिलाइदिने त कसैलाई बर्किङ भिसामा अस्ट्रेलिया पुर्‍याइदिने भन्दै पैसा उठाएका थिए ।

कोभिडको कारण देखाउँदै उनीहरूको भिसा नलागेपछि दवाडी नेपालबाट भागेर अस्ट्रेलिया पुगेका थिए । यो बिचमा कोभिडको बहाना बनाउँदै कसैलाई फेरी भिसा लगाइदिने भन्दै अलमल्याएका छन् भने कसैलाई अलिअलि पैसा पठाएर थामथुम पारेका छन् ।

मोटिभेटको सम्पर्कमा आएका एक युवाले आफूलाई भिसा लागेको केटीसँग डिपेण्डेन्ट भिसा मिलाइदिने भन्दै २५ लाख लिएको गुनासो गरे । ‘मलाई एउटा राम्री केटी देखाएर भिसा लागेको केटी हो, ३० लाख दिनुहोस्, डिपेण्डेन्ट भिसा मिलाइदिन्छु भन्नुभएको थियो ।’ नाम उल्लेख नगर्ने शर्मा उनले भने, ‘पैसा दिएपछि थाहा भयो त्यो केटीको भिसा लागेको रहेनछ । मैले ३० मागेको ठाउँमा २५ लाख दिएको थिएँ ।’

अर्का एक युवाले आफूलाई अल्झाउन कोभिडको बहाना बनाएर तीन वर्ष कुराएको गुनासो गरे । ‘ डिपेण्डेन्ट नभए, भिजिट भिसामा भए पनि अस्ट्रेलिया पुर्‍याउँछु, त्यो पनि नभए बर्किङमा पनि अप्सन छ भन्दै हुनुहुन्थ्यो ।’ उनले भने, ‘मैले मलाई मेरो पैसा चाहिन्छ भनेपछि अलिअलि गरेर पठाइरहनु भएको छ ।’

उनले राम्री केटी देखाएर बहालवाला नेपाली सेनाका जवानलाई पनि ठगेका छन् । ‘यहाँ २०/२५ हजारको जागिरमा अल्झेर के गर्नुहुन्छ । म महिनाको ६ देखि ८ लाख कमाई हुने ठाउँमा पठाइदिन्छु । तपाईँको भविश्व बनाउने जिम्मा मेरो हो भनेर २० लाख रुपैयाँ लिनुभयो ।’ तत्कालीन बहालवाला आर्मीले भने, ‘मैले हुँदा खाँदाको जागिर पनि छोडे, यता भिसा पनि लागेन । जिन्दगी बर्वाद पारिदियो सर ।’

केही समयअघि एक नेपाली सेनाका पूर्व सिपाहीले उनको कार्यालयमै गएर तोडफोड गर्न थालेपछि प्रहरीको रोहबरमा नेपालस्थित कार्यालय सञ्चालन गरिरहेका रोशन दवाडीले ६ लाख रुपैयाँ बढी जरिवाना तिरेका थिए । त्यसपछि अरू पीडितहरूले छिटो पैसा फिर्ता गर्न दबाब बढाएका थिए ।

पैसा फिर्ता गर्न पर्ने धेरै भएपछि दवाडीले नेपाल स्थित कार्यालय पनि सारेका छन् । बागबजारमा रहेको उनको कार्यालय अहिले पुतलीसडकको डिल्लीबजार रोडमा छ । त्यहाँ उनको कार्यालय मात्र छ, कार्यालयको साइनबोर्ड छैन । कार्यालयमा आएर तोडफोड गर्ने डरले उनले कार्यालय सारेका हुन् ।

उनले कार्यालयमा मात्र सारेका छैनन्, उनको आधिकारिक वेबसाइटमा पनि सम्पर्क ठेगाना हटाइएको छ । उनको वेबसाइटमा अस्ट्रेलियाको मात्र सम्पर्क ठेगाना राखिएको छ ।

अस्ट्रेलियामा रहेका कन्सल्टेन्सीका सञ्चालक दवाडीले आफूले युवाहरूसँग पैसा उठाएको स्वीकारेका छन् । ‘म धेरैका लागि भगवान् हुँ सर । मलाई धेरैले राम्रो मान्छन् । तर के गर्ने राम्रो गर्छु भन्दा पनि कहिले काहीँ नसोचेको समस्याहरू आउँदा रहेछन् ।’ मोटिभेट न्यूजसँग भाइवरमा जोडिएका उनले भने, ‘भिसा लागेको भए महिनाको ५÷७ लाख कमाएका हुन्थे, कमाइरहेका पनि छन् । तर भिसा लागेन मलाई दोष दिन्छन् ।’

उनले आफू सबैको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । ‘मेरो नियत गलत छैन सर । मैले धेरैको उद्धार गरेको छु । म एक–एक गर्दै सबैको पैसा फिर्ता गरिदिन्छु ।’ उनले भने, ‘त्यसका लागि केही समय भने लाग्छ । सबै भाइहरूलाई धैर्य गर्न आग्रह गर्छु । उनीहरूकै धेरै साथीहरू अस्ट्रेलियामा काम गरिरहेका छन्, कमाइरहेका छन् । उहाँहरूको भाग्यले साथ दिएन नि ।’

उता पैसा उठाएको विषयमा भने दवाडीले अस्वीकार गरेका छन् । उनले आफूले राम्रो काम गरेकैले धेरै दुस्मन कमाएको जिकिर गरेका छन् । यस विषयमा कुरा गर्न खोज्दा सुरुमा कुरा गर्न नचाहेका उनले आफू परिवारसँग भएको बताएका थिए । तर मोटिभेटले तपाईँको त डिभोर्स भइसक्यो होइन र फेरी विवाह गर्नु भयो र भनेर प्रश्न गर्दा उनी कुरा गर्न तयार भए ।

त्यही क्रममा आफूले पैसा नउठाएको तर आफ्नो शत्रुहरू धेरै भएका कारण कसैले अनावश्यक हल्ला चलाएको बताए । ६५ हजार अस्ट्रेलियन डलर रुपैयाँ दिएका ४ जना मोटिभेटको सम्पर्कमै छ । केहीले नेपालबाटै आफ्नो परिवारबाट पैसा मगाएर दवाडीलाई दिएको बताएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !