एमसीसी प्रकरण : जो सडकमा छ उहीँ सत्तामा छ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – को सत्तापक्ष को प्रतिपक्ष विगत केही दिनयता यो प्रश्न निकै पेचिलो बनेको छ । सत्तापक्षले सरकारमै बसेर सत्ताको विरोध गरेको छ ।

प्रतिपक्षले तताउनुपर्ने सडक र सदन पनि सत्तापक्षकै घटकले तताइरहेका छन् । अनिप्रतिपक्षले सत्तापक्षका क्रियाकलापमा साथ दिइरहेको छ । जो सडकमा छ उहीँ सत्तामा छ । जसले आफुलाई प्रतिपक्ष हुँ भन्छ उसैले सरकारलाई सत्तापक्ष जस्तो सहयोग गरिरहेको छ ।

को सत्तापक्ष को प्रतिपक्ष छुट्याउनै मूस्किल छ । सरकारमै बसेर सरकारको विरोध गर्नेहरुले मत नमिले सरकारनै छोड्ने आँट गर्नुपर्छ भन्ने बुझेका छैनन् ।

दोधारैदोधारबीच एमसीसी जस्तो विवादित सम्झौता अब संसदीय प्रक्रियामा गएको छ । आगामी १२ गते एमसीसीबारे संसदमा छलफल हुँदैछ ।

तर छलफल अघि बढाउने कि नबढाउने भन्नेमा गठबन्धनभित्रका दलहरुबीच नै तीव्र विवाद छ । यसैबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले बेलुकामात्रै बालुवाटारमा भेटवार्ता भएको छ ।

अप्रत्यासित रुपमा जुरेको भेटले नयाँ राजनीतिक तरंग पैदा गरेको छ । प्रधानमन्त्री देउवाले गठबन्धनमै आवद्ध प्रचण्ड–माधवको सहयोग नपाउने निश्चित जस्तै भएपछि ओलीसँग अब निर्णायक वार्ता थालेको बुझ्न कठिन छैन ।

यसका लागि सत्ता सहकार्यको प्रस्ताव देउवाले गरेको बालुवाटार स्रोतको भनाइ छ । एमाले अध्यक्ष ओलीले आफ्ना मुद्दामा देउवा राजी भए एमसीसी पारित गर्न सहयोग गर्ने तर सरकारमा सहभागि नहुने विषय अघि सारेका छन् ।

आफु सरकारमा नगए पनि सरकार ढल्ने अवस्था आउन नदिने भन्दै ओलीले देउवालाई आश्वस्त पार्ने काम गरेका छन् ।

उनले प्रचण्ड–माधवलाई सत्ताबाट हटाए आफुले सहयोग गर्ने शर्त अघि बढाएका हुन् । तर प्रदेश सरकारमा भने ओली–देउवाबीच बाँडफाँड हुन सक्ने बुझिएको छ ।केही दिन अघि पनि प्रधानमन्त्री देउवा बालकोट गएका बेला ओली गठबन्धन फुटाएर आउन आग्रह गरेका थिए ।

अहिले प्रचण्डको भूमिकालाई लिएर आलोचना गरिरहेका ओलीले उनीहरुलाई सत्ताबाटै निकाल्ने तयारीका साथ देउवासँग निर्णायक भेटवार्ता अघि बढाएका छन् ।

नेपाली काँग्रेसले समेत अब प्रचण्ड-माधवलाई बोक्नु आफैँलाई भारी हुने महसुस गरेको छ । काँग्रेस महामन्त्री गगन थापाले आजमात्रै एमसीसीमा मतदान नगर्ने भए प्रचण्ड-माधवलाई सरकार छाड्न चुनौती दिएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !