प्रचण्डले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको भट्टराईको दाबी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन्।

तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ। तर, अमेरिकी नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि दुई नेता आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्तामा जुटेका हुन्।

भेटका क्रममा प्रचण्डले पुनः ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको भट्टराईको दाबी छ। उहाँ(प्रचण्ड)को तपाई(केपी ओली) प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव छ,’ भट्टराईले भने, ‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ।’

तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईको भनाइ छ। कांग्रेससँग गठबन्धन गरेर एमालेलाई एमसीसी पारित गर्न त्यति सजिलो नभएको बताउँदै भट्टराईले छलफल भइरेहकाले यसै भन्न नसकिने बताए।

‘कांग्रेस सँग बेुलका सम्म कस्तो छलफल हुन्छ, त्यसै अनुसार गठबन्धन भत्किने वा नभत्किनेमा निर्भर हुन्छ होला,’ भट्टराईले भने।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !