प्रचण्डसँगको वार्तापछि एमाले किन पुग्यो बालुवाटार ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् ।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।

‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ‘ प्रचण्डले भने । माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान’ कुराकानी भएको थियो ।

प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ ।

एमालेलाई माओवादीको आग्रह : मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिऔं : नेकपा माओवादी केन्द्रले मुद्दा मिल्लने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ ।

बिहीबार साँझ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए ।

तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको एक नेताले जानकारी दिए ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे बाबुराम : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

एमसीसी सम्झौता संसद्‍बाट पारित गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ । आफ्नै पार्टीमा एमसीसीका विषयमा विभाजन रहेको समयमा उनी प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् ।

भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् । एमसीसीको विषयले सत्ता गठबन्धन फुटको संहारमा रहेको बेला भट्टराईको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !