अग्निप्रसाद सापकोटाको पद धरापमा, कुनैपनि बेला आउनसक्छ प्रस्ताव

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउने प्रस्ताव कुनैपनि बेला आउने सम्भावना बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति बनेमा सभामुख सापकोटालाई हटाउने गरी एक तिहाई सांसदको समर्थनसहित प्रस्ताव दर्ता हुने अवस्था बनेको हो ।

एमालेले एमसीसीमा साथ दिने भन्दै काँग्रेससँग सर्त अगाडि सारेको छ । जसमध्ये सभामुखबाट सापकोटाको बर्हिगमन प्राथमिकतामा छ ।

माधवकुमार नेपालसहित १४ सांसद हटाउने सूचना प्रतिनिधि सभाबाट टाँस्नुपर्नेसहित सत्ता साझेदारीको विषय पनि सर्त छन् । त्यसबारे काँग्रेस सकारात्मक भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार एमालेले काँग्रेससँग आलोपालो प्रधानमन्त्रीको प्रस्ताव पनि गरेको छ । त्यसमा भने देउवाले सहमति जनाएको बुझिएको छ ।

देउवाले आफ्नै नेतृत्वमा चुनाव गराउन चाहेका छन् । स्थानीय चुनाव देउवाले गरेपछि प्रतिनिधि सभाको चुनाव ओलीले गराउने गरी प्रधानमन्त्रीमा आलोपालो गर्ने बारे समेत कुराकानी भएको बुझिएको छ ।

सहमति बनेमा एमसीसीमा समर्थन गर्न एमाले तयार भएको छ । उसले सभामुख सापकोटाको बर्हिगमनको विषय राखेकोमा काँग्रेस पनि सकारात्मक भएको बुझिएको छ ।

यसकारण कुनैपनि बेला सापकोटा हटाउने प्रस्ताव जान सक्छ । सभामुख हटाउन दुई तिहाई चाहिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले, जसपाको मत एकीकृत भएमा दुई तिहाई पुग्छ । तर, त्यो कठिन छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !