नायिका कबिता मानन्धरको दोश्रो फिल्म ‘बनबास’

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गरेको चलचित्र एउटा यस्तो प्रेम कहानी’ सही तरिकाले रिलिज नहुँदा चलचित्र आएको र गएको पत्तो नै भएन । तर, अब उनी आफ्नै होम प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘बनबास’मा काम गर्न तयार भएकी छन् भने उनको यो दोश्रो चलचित्र हुनेछ ।

सुशिल क्षेत्रीले निर्देशन गर्ने चलचित्रमा कविता र नायक सरोज खनालको मुख्य भूमिका रहनेछ साथै करिश्मा मानन्धरको निर्माण रहने छ । चलचित्र ‘बनबास’ ले नायिका बन्ने होडमा लागिपरेकी कबितालाई फिल्मी क्षेत्र बाटै बनबास लगाउने त् हैन ? जे होस् यस चलचित्र बाट भने उनको फिल्मी करियर सुखद रहोस ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !