सरकारले गरिबी निवारणका लागि एमसीसी ल्याएको हो: चौधरी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।

प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए ।

सरकारले मुलुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी पनि गरिबी निवारणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको र नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने विषयमा उनले लोकतन्त्रमा सबै विकल्प सम्भव हुने जनाए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !