म्यानेजर कृष्णले खुलाए पल माथिको अझै ठुलो मास्टर प्लान (भिडियो हेर्नुस)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ  – पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि मिडियाको सम्पर्कमा आएका छन् । मिडियासंग भएको कुराकानिमा पल शाहको ज्यान नै मार्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।

उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले पल माथि भएको षड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् ।

यो पनि – नायक पल शाहलाई गायिका समिक्षा अधिकारीले प्रहरी समक्ष जाहेरी दिएकी छिन् । १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन् । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !