रसाइली भन्छन : “सुष्माले मलाई दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भयो”

सोमबार राति दरबारमार्गको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीलेनायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध मंगलबार दिउँसो काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन पुगेकी थिइन् ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलका अनुसार सुष्माले पबमा झगडा भयो भनेर ठाडो निवेदन दिनुभएको छ तर जाहेरी दिनुभएको छैन ।

उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै रसाइलीमाथि दुर्व्यवहार गरेकी थिइन् ।

रसाइली भन्छन, ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो। म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’

यस घटनाको छानबिन भैरहेको र दुबै पक्ष राखेर कुराकानी गराउने डिएसपी पौडेलले बताउनु भयो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !