युक्रेनको घटनाबाट नेपालले शिक्षा लिनुपर्छ: नारायणकाजी श्रेष्ठ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै  युक्रेनको घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् ।

यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको नेता श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ भन्ने शिक्षा प्राप्त भएको बताएका छन् ।

सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्, ‘रुसले युक्रेनमाथि गरेको आक्रमण र अतिक्रमणको हामी तीव्र भर्त्सना गर्दछौँ । युक्रेनको राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गर्दछौँ । सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैसँग अपिल गर्दछौँ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !