सुष्मासँग उत्सव र आरतीले माफी मागे

सोमबार राति दरबारमार्गको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीलेनायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध मंगलबार दिउँसो काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन पुगेकी थिइन् ।

वुधबार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले माफी मागेपछि विवाद सकिएको हो ।

सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’

उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !